पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, आठजना घाइते

Spread the love

पाल्पा : पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। दुर्घटनामा आठजना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले दिएको जानकारी अनुसार लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको डीएसपी खांणले बताए । बसमा कम्तिमा पनि ३५ जना मलामी सवार रहेको बताइएको छ । बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी गराएको छ । अहिले पनि उद्धार कार्य जारी रहेको छ । मृतकको सनाखत हुन बाँकी रहेको डीएसपी खांणले बताए ।