बझाङ, कार्तिक २ (ई-रैवार)
बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना बेपत्ता भएका हुन ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मा.वि. महेन्द्रधारमा बसिरहेका छन् ।
गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा.वि. पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले बताए ।
बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । यस्तै गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन् ।


