नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि अवरुद्ध

Spread the love

चितवन, असार १७ (ई–रैवार)

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसेपछि सडक बिहानदेखि दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ ।

पहिरो बिहान २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।