नेपालमा आज २४७६ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित

Spread the love

काठमाडौँ, असार ११ (ई-रैवार) 

नेपालमा आज थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५८६ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जनागरी २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा  काठमाडौंका ३०८, ललितपुरका ७६ र भक्तपुरका ४३, मोरङमा ९७, सुनसरीमा ९४, गुल्मीमा ५३, झापामा ४७, सिन्धुपाल्चोकमा ४४ र मकवानपुरमा ४० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी चितवनमा ३६, सल्यानमा ३५, लमजुङमा ३४, सर्लाहीमा ३१, गोरखामा २९ र पर्वतमा २५ जना, रुपन्देही र कैलालीमा २३/२३ र नवलपरासी पूर्वमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योे संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४५५ कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ७६ हजार ४१३ कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर रहेका ४५ हजार ७९४ जना सक्रिय संक्रमितमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ८८४ जना छन् । तीमध्ये ७१४ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हाल समम ८ हजार ९४५ जनाको मृत्यु भएको छ ।