काठमाण्डौँ, जेठ ३१ (ई-रैवार)
पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
सचिवालयका अनुसार ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि पूर्व प्रधानमन्त्री खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।
अहिले उनको अवस्था सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल सचिवालयले जनाएको छ ।
खनाललाई यसअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको छ।


