काठमाडौँ, जेठ १३ (ई-रैवार)
नेपालमा आज थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २० हजार ९९२ वटा नमुनाको परीक्षण गर्दा ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जनागरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७३८,मोरङमा ४१०, ललितपुरमा ३६४, कास्कीमा ३५८, भक्तपुरमा २६५ र काभ्रेपलाञ्चोकमा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै चितवनमा १९८, धादिङमा १८८, सुनसरीमा १८६, गुल्मीमा १७५,नुवाकोटमा १६५,सिन्धुपाल्चोकमा १५०, रुपन्देहीमा १४०,सुर्खेतमा १२४,झापामा ११८,कैलालीमा ११२,मकवानपुरमा १०२, धनुषामा ९५, अछाममा ९७,बारामा ८९,सर्लाहीमा ८६, सिरहामा ८३, सिन्धुलीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाङमा ६५, कपिलवस्तु र पाल्पामा ६६÷६६ जना, महोत्तरी र तनहुँमा ६१/६१ जना, नवलपरासी पुर्वमा ५८, लमजुङमा ४८,दोलखामा ४५, रामेछापमा ४४, सल्यानमा ४२ र सप्तरीमा ४० जना संक्रमित थपिएका छन् ।
यस्तै पर्वत र स्याङजामा ३८/३८ जना,संखुवासभामा ३७,रौतहटमा ३२, तेह्रथुममा ३१,बाँकेमा ३०,कञ्चनपुरमा २९,पर्सामा २७, दैलेख र दार्चुलामा २५/२५ जना, डडेलधुरामा २३,धनकुटामा २२,पाँचथरमा २१,ताप्लेजुङ र म्याग्दीमा २०/२० जनामा संक्रमण देखिएको छ ।
बैतडीमा १५, बर्दियामा १४,अर्घाखाँचीमा १३,रुकुम पश्चिममा १२, डोटीमा ९,ओखलढुंगा र नवलपरासी पश्चिममा ८÷८ जना,खोटाङमा ७,भोजपुर, रोल्पा र कालिकोटमा ६/६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै उदयपुर, रसुवा र बाग्लुङमा ५/५जना,इलाममा ४,सोलुखुम्बु, रुकुम पुर्व र जुम्लामा २/२ जना तथा मुस्ताङ, प्युठान, जाजरकोट र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका २१४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ६७१६ जना निको भएका थिए । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७।२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।


