काठमाडौं, जेठ ११ (ई-रैवार)
नेपालमा आज थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८६३, कास्कीमा ५७८, ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेपलाञ्चोकमा ३२८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सिन्धुपाल्चोकमा २७१, सुनसरीमा २६७, रूपन्देहीमा २२४, धादिङमा २०१, झापामा १८०, सर्लाहीमा १७३, दाङमा १५९, लमजुङ र सर्खेतमा १४४/ १४४ जना, रामेछापमा १४३, कञ्चनपुरमा १३०, गोरखामा १२१, चितवनमा ११९, धनुषामा ११७, धनकुटामा ११५, पर्वतमा ११२ र मकवानपुरमा १०३ जना संक्रमित थपिएका छन् ।
बाँकेमा ९५, अछाममा ९२, सप्तरीमा ८१, पाल्पामा ७७, सिन्धुलीमा ७५, नुवाकोटमा ६९,तनहुँमा ६८, नवलपरासी पूर्व र बर्दियामा ६५/६५ जना, रसुवामा ५९, बारामा ५८, दोलखामा ४९, दैलेखमा ३९,स्याङजा र बैतडीमा ३८/३८ जना, उदयपुरमा ३५, डडेलधुरामा ३३, पर्सामा ३१ र महोत्तरीमा ३० जना संक्रमित थपिएका छन् ।
यस्तै सल्यानमा २६, ओखलढुंगा र नवलपरासी पश्चिममा २४/२४ जना, दार्चुलामा २३, अर्घाखाँचीमा २०, म्याग्दीमा १९, रौतहटमा १४, संखुवासभामा ११,प्युठान र जुम्लामा ९/९ जना, कपिलवस्तु र रोल्पामा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।
बागलुङ, गुल्मी, कालिकोटमा ७/७ जना, ताप्लेजुङ र सिरहामा ६/६ जना, डोटीमा ५, पाँचथर र रूकुम पश्चिममा ४/४ जना,खोटाङ र भोजपुरमा ३/३ जना,सोलुखुम्बु, जाजरकोटमा २/२ जना तथा इलाम, तेह्रथुम, रूकुम पर्व, हुम्ला र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै ९ वर्ष मुनिका १८३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्षमुनिका ६७६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । अहिलेसम्म २९ लाख ५८ हजार बढीको कोरोना परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएका छन् । देशभर निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।
जसमध्ये १६७२ जना आइसियू र ४४७ जना भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नेपालमा मृतकको कुल संख्या ६७ सय पुगेको छ ।



