दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ४९ जना घाइते

दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ४९ जना घाइते
Spread the love

बुटवल, जेठ ५  (ई-रैवार) 

दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका हुन् ।

काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजु लामाले बताएका छन् ।

डीएसपी लामाका अनुसार मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । घाइतेहरुको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताल लगायतका स्थानमा उपचार भइरहेको डीएसपी लामाले जानकारी दिए । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस सडकबाट करीब १५० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।