काठमाडौँ, वैशाख २८ (ई-रैवार)
नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक जारी छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बसेको हो ।
नयाँ सरकार गठनका सन्दर्भमा सभापति देउवाले सुरुमा काँग्रेसका शीर्ष नेतासहित पदाधिकारी तथा पूर्वपदाधिकारीहरु लाई बुढानिलकण्ठमा बैठक बोलाएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दिउँसो करिब १५ः३५ मा बैठक सुरु भएको उनले बताए ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाललगायत सहभागी छन् ।
नयाँ सरकारका विषयमा छलफल गर्न बैठक बसेको हो । सभापति देउवाले सर्वदलीय बैठक स्थगित गरेर पदाधिकारी बैठक डाकेका हुन् ।
केहिवेर अघि कांग्रेस सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निवास बुढानिलकण्ठमा भेटवार्ता भएको थियो । दुई नेता बिच सरकार गठनकै विषयमा छलफल भएको बताईएको छ ।


