धनगढी, वैशाख २७ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा सोमबार थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६४ नमूना परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका १७० जना, धनगढीबाहेक कैलालीका १०६ जना र अन्य जिल्लाका २० जनामा संक्रमण पुष्टि भएको छ ।
सूचना अधिकारी श्रेष्ठले अनुसार हाल सेती प्रादेशिक अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, १३ जना आइसियूमा, ३६ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ५ जना निको भई घर फर्किएका छन् भने थप १५ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।


