धनगढी, वैशाख २२ (ई-रैवार)
सूदुरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । सूदुरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने लागेको हो ।
सुदूपश्चिम प्रदेश सरकार मन्त्री परिषद्को बैठकले रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करार भर्ना गर्नका लागि दरबन्दी स्वीकृती गरेको विभिन्न पदमा स्वास्थ्यकर्मी भर्ना गर्ने लागेको मूख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवरले जानकारी दिएका छन् ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागी निर्देशन दिइसकेको बताए ।
मन्त्री सुवेदीले भने ‘कोभिड–१९ सँग लड्नका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन्, हामी जनशक्ती भर्ना गर्न मात्रै होइन, अस्पताललाई आवश्यक पर्ने प्रविधी तथा अक्सिजन खरिदको प्रक्रिया पनि थालेका छौँ ।’
प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुलामा आवश्यक पर्ने ४ सय ४६ जना जनशक्ति भर्ना गर्न अस्पतालाई अनुमती प्रदान गरि सकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


