नेपालमा आज ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

नेपालमा आज ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु
Spread the love

काठमाडौं, वैशाख २१ (ई-रैवार)

नेपालमा आज थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनागरी ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ३८९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा  २७७९, भक्तपुरमा ५ सय १३, ललितपुरमा ६०१ संक्रमित फेला परेका हुन्।

यस्तै रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, मोरङमा २४६ जना, चितवनमा २२६ जना र दाङमा २०१ जना,बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुनसरी र सुर्खेतमा १२४/ १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै नुवाकोटमा ८३, धादिङमा ७५, मकवानपुरमा ६९, महोत्तरीमा ६५, कपिलवस्तुमा ६४, डोटीमा ५०, डडेल्धुरामा ४७, पाल्पामा ४८, बैतडीमा ४२,गोरखामा ३८, बारामा ३६ , नवलपरासी पूर्वमा ३५, दैलेखमा ३४, सप्तरीमा ३३ तथा सर्लाही र सिन्धुलीमा ३२/३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अछाममा ३०, सिराहा, सिन्धुपाल्चोक र बर्दियामा २८/२८ जना, अर्घाखाँचीमा २७, रौतहट र गुल्मीमा २६/२६ जना, रामेछापमा २४, लमजुङ २३,दोलखामा २२, नवलपरासी पश्‍चिम २१, तनहुँ र स्याङ्जामा २०/२० जना, जुम्ला र सल्यानमा १८/१८ जना, पर्वत र रोल्पामा १७/१७ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी ओखलढुंगामा १६, प्‍युठान र कञ्‍चनपुरमा १२/१२ जना, म्याग्दीमा ११, उदयपुरमा १०, इलाम र रसुवामा ९/९ जना, बागलुङ र जाजजरकोटमा ७/७ जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५/५ जना, रूकुम र कालिकोटमा ४/४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बु, रूकुम पश्‍चिम र दार्चुलामा ३/३ जना, डोल्पा र मुगुमा २/२ जना तथा भोजपुर, हुम्ला,बझाङ र बाजुरामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १७४ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहमा ४५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । जसमध्ये दुई लाख ८७  हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार  ७७५ रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।