धनगढी,१९ बैशाख ।
कोरोना भाइरस संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ । अस्पतालमा उपचाररत चौधरीको आइतबार दिउँसो निधन भएको हो ।
धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आइतबार अपराह्न मृत्यु भएकोअस्पतालले जनाएको छ । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।
कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासी स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उनका श्रीमान् मोतीलालले बताए ।
कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य थिए ।


