काठमाडौँ, चैत २९ (ई-रैवार)
देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको र बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
आज पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जनरचट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको पूर्वानुमान यस्तो छ
आइतवार (चैत्र २९ गते )
दिउँसोस् देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जनरचट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
सोमवार (चैत्र ३० गते)
दिउँसोस् सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति स् देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघगर्जनरचट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मंगलवार (चैत्र ३१ गते)
दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।


