प्रतिनिधि सभाको बैठक आज : आयोगका प्रतिवेदन पेस गर्ने कार्यसूची

प्रतिनिधि सभाको बैठक आज : आयोगका प्रतिवेदन पेस गर्ने कार्यसूची
Spread the love

काठमाण्डौ, चैत्र ६ (ई-रैवार)

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेदेखि शुरु हुने संसद सचिवालयले जनाएको हो।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची समेत सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवं संविधान सभा सदस्य कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो ।

सर्वोच्चको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनेका छन्।

गत पुस ५ गते विघटित प्रतिनिधि सभा सर्वोच्चले फागुन ११ गते संसद् पुनस्र्थापना गरिदिएपछि तीन पटक बैठक बसिसकेको छ । पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठक गत फागुन २३ गते बसेको थियो । दोस्रो पटक फागुन २६ गते बैठक बसेको थियो । यस्तै तेस्रो बैठक चैत ३ गते बसेको थियो ।