कैलालीमा पुन: ठूलो आगलागी, १ करोडको क्षती

कैलालीमा पुन: ठूलो आगलागी, १ करोडको क्षती
Spread the love

धनगढी,फागुन २५ (ई-रैवार) 

कैलालीमा पुनः ठूलो आगलागी भएको छ । गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्र्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के.एस कन्ट्रक्सनमा मंगलबार विहान ५ बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता  प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले कैलालीको गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्र्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के एस कन्ट्रक्सनमा मंगलबार विहान ५ बजे आगलागी भएको जानकारी दिएको हो ।

बिष्टका अनुसार मंगलबार विहान आगलागी हुदाँ १ करोड रुपैयाँ बराबरको क्षति भएको  बताए। धनगढी उपमहानगरपालिका र गोदवारी नगरपालिकाको दमकम, प्रहरी र स्थानीयको संयुक्त प्यासपछि आगो नियन्त्रणमा लिइएको जनाएको छ । आगलागीको कारण भने खुुल्न सकेको छैन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार मंगलबार बिहान ५ बजे अचानक आगलागी भएको थियो ।

टायर, मोबिल ब्याट्रीलगायतका गाडी निर्माण सामग्री रहेको ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ । ग्यारेज सञ्चालकलाई उदृत गर्दै प्रहरी नायव उपरीक्षक बिष्टले करिब ८० लाखदेखि १ करोड रुपैयाँ सम्मको क्षति भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

आगलागीको कारण खुल्न नसकेको बताउँदै उनले धनगढी उपमहानगरपालिका र गोदवारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको बताए ।

फागुन २२ गते धनगढी उपमहानगरपालिका ६ चटकपुर स्थित आलोक मल्टी कन्सर्नमा आगलागी हुँदा ८ करोड बराबरको क्षति भएको थियो ।