काठमाडौँ, मंसिर ७ (ई–रैवार)
नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले आफ्ना विश्वासिला नेताहरुलाई लिएर गएराती तीन घण्टा भन्दा बढि समय प्रधानमन्त्री केपी ओलीसंग वार्ता गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा ओलीलाई भेट्न आफ्ना विश्वासिला नेताहरुसहित पुगेका देउवालाई ओलीको गएराती भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
देउवाले आफ्ना विश्वासपात्र सहित ओलीलाई भेटेपछि नेपाली कॉग्रेसले प्रधानमन्त्री ओलीको नेकपा समूहसॅग साझेदारी गर्नसक्ने संभावनाका संकेतहरु देखापरेका छन। ओली र देउवाको भेटका बारेमा सामाजिक संजालहरुमा टिप्पणी सुरु भएका छन् ।
जनआस्थामा सम्पादक एंव प्रेस काउन्सिलका पूर्व कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले नेकपा अध्यक्ष तथा सरकार प्रमुख र नेपाली काङ्ग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेतावीच हिजो दिउँसोदेखि रातिसम्म तीन घण्टा समूहसहित राखेर बालुवाटारमा छलफल । के आउने होला अबको केही दिनमा नतिजा भन्दै प्रश्न गरेका छन् ।
त्यसैगरि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नेपाली कॉग्रेसले प्रधानमन्त्री ओलीको नेकपा समूहसॅग साझेदारी गर्नसक्ने संभावनाका संकेतहरु देखापरेको बताएकमा छन् । उनले नेकपा भित्र लोकतन्त्रको सबालमा प्रचण्ड-माधव गुटभन्दा ओली गुट उदार हो कि भन्ने लागेको देखियो। तर विगत तीन वर्षमा लोकतन्त्रका मूल्यहरुमा ओली समूह र स्वयम् कॉग्रेस पनि चुकेको पनि दाहालले ट्वीटरमा लेखेका छन् ।


