डोटी, कार्तिक ५ (ई-रैवार)
डोटी अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९९ जनाको पीसीआर परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार दिपायल सिलगढी नगपालिकाका ९ जना पुरुष र केआईसिह गाउपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।



