डडेल्धुरा, कार्तिक २ (ई-रैवार)
जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६२ पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराको अमरगढी, नवदुर्गा, गन्यापधुरा र भागेश्वरका १–१ जना, दार्चुलाको दुहुका १ जना, बैतडीको मेलौलीका २ जना र शिवनाथका २ जना गरी ८ जनामा कोरोना पोजेटिभ देखिएको बताएका छन ।


