काठमाडौं, असोज २९ (ई-रैवार)
यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले किङ्स इलाभेन पन्जाबलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ ।
शाराझा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो ।
बैंगलोरका लागि विराट कोहलीले सर्वाधिक ४८ रनको योगदान गरे । ३९ बल खेलेका उनले ३ चौकाको रहयोगमा ४८ बनाउन सफल भएका हुन् ।
त्यस्तै शिभम डुबेले २३ रन बनाउँदा अरोन फिन्चले २० रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले र मर्गान अश्विनले समान दुई–दुई विकेट लिए ।
त्यस्तै अर्सदीप सिंक र क्रिस जोर्डानले समान एक–एक विकेट लिए । आजको खेमला दुबै टोली जित निकाल्ने योजनामा छन् ।
पन्जाबसँगको पहिलो खेलमा लजास्पद हार ब्यहोर्यको बैंगलोर आजको खेलमा बदला लिने योजनामा रहेको छ । बैंगलोर पहिलो खेलमा पन्जाबसँग ९७ रनले पराजित गरको थियो ।
त्यसैले आजको खेलमा बैंगलोर सहज जितको अपेक्षामा छ । यता लगातार पराजित भएको पन्जाब आजको खेलमा जित निकाल्दै लिगमा आफ्नो सम्भावना कायम राख्ने योजनामा छ ।
लिगमा ७ खेल खेलेको पन्जाबले एक खेलमा मात्र जित निकालेको छ । उक्त खेल बैंगलोरसँग रहेको थियो । समान खेल खेलेको बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।


