विष खुवाएर ज्यानमार्न खोज्ने महिला तिनवर्षपछि पक्राउ

विष खुवाएर ज्यानमार्न खोज्ने महिला तिनवर्षपछि पक्राउ
Spread the love

कञ्चनपुर असोज २०(ई-रैवार)

बिष खुवाएर ज्यानमार्न खोज्ने एक महिला तीनवर्षपछि पक्राउ परेकी छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की समिरा चन्दलाई तीन वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले चन्दलाई बेल्डाँडी स्थित घरबाट पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिए।

बिष खुवाएर ज्यान मार्ने उद्योग गरेको कसुर लागेकी चन्दलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ सालको भदौँमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।