धनगढी, असोज १३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप २८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा मंगलबार थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा गरिएको २ सय ६१ जनाको स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिकाका १३ जना , लम्किचुहा नगरपालिकाका ३ जना, मोहन्याल जानकी गाउँपालिकाका १–१ जना तथा गोदावरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाका २ जना, वेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका १–१ जना र डोटीको केआई सिंह गाउँपालिकाका १ जना तथा ठेगाना नखुलेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।



