डोटी, असोज ९ (ई–रैवार)
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४८ जनाको कोरोना परीक्षण भएकोमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जनाएका छन् ।
अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टी हुने डोटीका २ जना र अछामका २४ जनामा रहेका छन् ।
प्रयोगशाला इन्चार्ज श्रेष्ठले दिएको जानकारी अनुसार डोटीका आदर्श गाउँपालीका २ जना, अछाम बान्नीगढीका २० र चौरपाटीका ४ जनामा गरि २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।



