धनगढी, आश्विन १ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप १८ जना कोरोना मुक्त भएको छन । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा बुधवार थप १८ जना मुक्त भएको जानकारी दिएका हुन ।
नियमित प्रेस ब्रिफिङमा महाशाखा प्रमुख कार्कीले थप १८ जना कोरोना मुक्त भएसंगै सुदूरपश्चिम प्रदेशमा ५ हजार ७ सय ७ जनाले कोरोना जितेको बताएका छन् ।
प्रमुख कार्कीका अनुसार कञ्चनपुरबाट ७, बझाङबाट ५, डोटीबाट ५ र सेती प्रादेशिक अस्पतालबाट १ जना जनालाई बुधवार डिस्चार्ज गरिएको हो। यो संगै प्रदेशमा ५ हजार ७ सय ७ जना संक्रमितले कोरोना जितेका हुन।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन्।
यस्तै डोटीका ९ सय २८, अछामका ९ सय १२, कञ्चनपुरका ६ सय ९१ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका ४ सय ४२ जना, बझाङका ३ सय ७६, बैतडीका ३ सय २६, डडेल्धुराका ३ सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६ सय ३६ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये १५ जना संक्रमितको मृत्यु भईसकेको छ। भने सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमित भने ७ सय ४९ जना रहेका छन् ।


