पाल्पा असार १३(ई-रैवार)
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका व्यक्तीमा पनि संक्रमण देखिएको छ । शव व्यवस्थापनमा खटिएका नेपाली सेनामा कार्यरत दुईजनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पा पूर्वखोला गाउँपालिका सिलुवामा एक व्यक्तीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मृत्यको दुईदिनपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । सोही शव व्यवस्थापन गरेका दुई जना व्यक्तिमा कोरोना सङक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
‘सुरक्षित रुपमै शव व्यवस्थापन भएपनि व्यवस्थापनकै क्रममा -याल चुहिएको हुनसक्छ’,स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थी भन्छन्, ‘त्यसैले संक्रमण भएको हुनसक्छ ।’


