काठमाडौं चैत । नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ रहेको थियो।
त्यसैगरी, १० ग्राम सुनको भाउ पनि बढेर २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको भाउ २ लाख ४० हजार ९१० रुपैयाँ रहेको थियो।सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।


