धनगढी, भदौ २५ (ई-रैवार)
कैलालीको धनगढीमा अटो रिक्सा चालकसहित एउटै घरमा बस्ने नौँ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
धनगढी उप महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उप महानगरपालिका वडा नम्वर १ मा बस्दै आएका रिक्सा चालकसहित उनका परिवारका ४ जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अटो रिक्सा चालक बस्दै आएको घरमा डेरा गरी बस्ने थप ५ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको उप महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अन्य
अटो रिक्सा चालक उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी भईरहेको उप महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।


