धनगढी, भदौ २४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ३ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन । सामाजिक विकास मन्त्रालयक स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सुदूरपश्चिम प्रदेशमा ५ हजार तीन सय १२ संक्रमित कोरोना मुक्त भएका हुन्।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६९ हजार ६ सय ७९ जनाको स्वाबको नमूना संकलन गरिएको छ । मंगलबार सम्म ६८ हजार ४ सय ४६ स्वाबको नमूना जाँच गरिएको छ भने ९ सय ३३ स्वाब नमूनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताएका छन ।
सुदूरपश्चिममा थप ३४ जना कोरोना संक्रमण मुक्त भएका छन । मंगलवार बझाङबाट २४, कञ्चनपुरबाट ४, दार्चुलाका ४ र सेती प्रादेशिक अस्पतालबाट २ जनालाई डिस्चार्ज गरिएको छ । यो संगै प्रदेशमा ५ हजार तीन सय १२ संक्रमितले कोरोना जितेका हुन्।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका १ हजार ४ सय ४२ जना निको भएर घर फर्किएका छन्।
यस्तै डोटीका ९ सय ४, अछामका ८ सय ४८, कञ्चनपुरका ६ सय ५३ जना, बाजुराका ४ सय ४२ जना, बझाङका ३ सय ४२, बैतडीका ३ सय २५, डडेल्धुराका ३ सय १ र दार्चुलाका ४५ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ४२ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।


