धनगढी, भदौ १० (ई-रैवार)
मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना दिँदै मुख्यमन्त्री भट्टले प्रदेशबासीहरुलाई स्वास्थ्य सम्बन्धि सजकता अपनाउँदै गौरा पर्व मनाउन आग्रह समेत गरेका हुन ।
मुख्यमन्त्री भट्टले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशबासी दाजु–भाइ तथा दिदी–बहिनीमा सुख, शान्ति, समृद्धिका साथै प्रदेशबासीबीच धार्मिक सहिष्णुता, सदभाव कायम रहोस् भनी कामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री भट्टद्वारा जारी शुभकामना सन्देशमा प्रदेशको भाषा संस्कृति र भेषभुषा आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरू छन्। यसै सन्दर्भमा परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्व यस क्षेत्रको विशिष्ट पहिचान समेत हो। सदियौँदेखि मनाउँदै आएको पर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको छ। यस्ले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ।’ उनले भनेका छन ।
शुभकामना सन्देशमा, अहिले कोरोना भाईरस (कोभिड– १९) को संक्रमणको महामारीबाट उत्पन्न जटिल स्वास्थ्य सम्बन्धि सजकता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जोगाइ गौरा पर्वलाई खुसीयालीका साथ मनाउनुहुने छ भन्ने विश्वास व्यक्त गर्द छु । गौरा पर्वले समाजिक एकता र सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता एकता कायम रहने शुभेक्षा प्रकट गरेका छन् ।


