सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ४ सय ६ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ४ सय ६ पुग्यो
Spread the love

 

धनगढी, ७ भदौ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका थप ७५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको हो । डोटी अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका सबै नमुना भने नेगेटिभ आएका छन् ।

पछिल्लो २४ घण्टामा १ शय ३३ नमुना परिक्षण गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल डोटीका कोभिड १९ फोकल पर्सन उत्तम उपाध्यायले बताएका छन । परिक्षण गरिएका नमुना डोटी र अछाम जिल्लाका रहेको उपाध्यायले बताएका छन ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ४ सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिकअस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका ५ महिला र १० पुरुष गरी १५ जना, धनगढी उपमहानगरपालिकाका ४ महिला र ४ पुरुष गरी ८ जना, घोडाघोडी नगरपालिका ११ का३ पुरुषमा कोरोना पुष्टि भएको बताएका छन ।

यस्तै भजनी नगरपालिका २ का १ महिला र ३ पुरुष गरी ४ जना, जोशीपुर २ का ज्ञ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। कञ्चनपुरको पुर्नवास नगरपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना तथा स्थानीय तह नखुलेका थप २ गरी १० जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ सय २० जनाको कोरोना परीक्षण भएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछामको मंगलसेन नगरपालिकाका १७ जना, पञ्चदेवल विनायक नगरपालिकाका ६ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको छ ।

गन्यापधुरा गाउँपालिकाका १ जना, डडेल्धुराकै अजगमेरु गाउँपालिकाका १ जना, बझाङको केदारस्यूँ गाउँपालिकाका २ जना, बुंगल गाउँपालिकाका १ जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका १ जना, बैतडीको पाटन नगरपालिकाका २ जना, सुर्नया गाउँपालिकाका १ जना र जिल्ला अस्पताल बैतडीका १ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ६ पुगेको छ। संक्रमण पुष्टि भएको झण्डै ४ हजार ४ सय जनाले कोरोना जितेको छन । भने  सुदूरपश्चिम प्रदेशमा १२ जनाको मृत्यु भईसकेको छ ।