बैतडी, असार ३१ (ई-रैवार)
बैतडीमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको हो ।
उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
गाउँपालिका अध्यक्ष चन्दका अनुसार सर्पले डसे पछि उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु हो । मृतक १७ वर्षीया चन्द देवथला माध्यमिक विद्यालय बैतडीमा कक्षा ७ मा अध्ययनरत थिइन ।


