कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु

कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु
Spread the love

कञ्चनपुर, असार ३० (ई-रैवार) 

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कंचनपुरको कृष्णपुर बनदेवी झाडीमा सोमबार मोटरसाइक खस्दा प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले साइकललाई बचाउन खोज्दा दुर्घटना भएको बताए । उनको शव महाकाली अस्पतालमा राखिएको छ। चालक चन्द्रवहादुरलाई सामान्य चोट लागेको छ । बझाङ घर भएका बोहरा ५ वर्ष पहिले प्रहरीमा भर्ना भएका थिए।

उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन। बैतडी माइत भएकी तारा बोहरा पनि सशस्त्र प्रहरीमा रहेको र दार्चुलामा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।