संसदीय दलका नेता रावलद्वारा जन्मदिनको अवसरमा राहत

संसदीय दलका नेता रावलद्वारा जन्मदिनको अवसरमा राहत
Spread the love

धनगढी वैशाख २० (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जन्मदिनको अवसरमा राहत प्रदान गरेका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र रहेको टीकापुर नगरपालिकालाई २७ क्विन्टल चामल, एक क्विन्टल दाल र एक क्विन्टल नुन राहत स्वरुप उपलब्ध गराएका हुन ।
रावलले श्री रावल फाउण्डेशनमार्फत जन्मदिनको अवसरमा सो खाद्य सामाग्री सहयोग गरिएको बताए।
टीकापुर नगरपालिकाको कार्यालयमै गएर नेता रावल र पूर्व स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले राहत सामाग्री हस्तान्तरण गरेका हुन्। उनले झण्डै एक लाख १३ हजार बराबरको खाद्य सामग्री सहयोग गरेका हुन्। लकडाउनका कारण नागरिकलाई परेको समस्यामा सहयोग गरिएको रावलले बताए।
यस्तै सोही अवसरमा नेपाली कांग्रेस नगर कमिटिले संकलन गरेको ५० क्विन्टल चामल लगायतका खाद्य सामाग्री सहयोग गरिएको छ। त्यस्तै टीकापुर क्षेत्रका १५ जना सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर समेत वितरण गरिएको छ। कांग्रेसले दुई लाख ५० हजार बराबरको खाद्य सामाग्री सहयोग गरेको हो।