विसुमा भारतबाट घर आएकाको स्वास्थ्य परिक्षण

विसुमा भारतबाट घर आएकाको स्वास्थ्य परिक्षण
Spread the love

डोटी चैत्र ६(ई-रैवार)
शिखर नगरपालिकाले भारतबाट विसु मनाउन घर आएका व्यक्तीहरुको स्वास्थ्यपरिक्षण थालनी गरेको छ । बिहिबारबाट घरमै गई बोलाएर स्वास्थ्य परिक्षण शुरु गरेको शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए । ‘भारतबाट आउनेहरुमा हामीले कोरोना संक्रमण हुनसक्ने सम्भावनालाई लिएर स्वास्थ्य परिक्षण थालेका छौ,’ उनले भने,‘त्यसैले घरमै गई बोलाएर स्वास्थ्य परिक्षण गरी लगत राख्ने निर्णय गरेका छौ ।’
यसबाहेक कोरोनाभाईरस(कोभिड–१९)का बिषयमा सचेतना फैलाउन नगरक्षेत्रका सबै घरमा आवश्यक सूचना सामाग्री सहित स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविका सहितको टोली परिचालन गरिएको उनले बताए ।