भैरहवा पुस ।भैरहवाबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आपतकालीन ढोका यात्रुले खोलिदिएपछि उडानमा ढिला भएको छ।
बुधबार बिहान बुद्ध एयरको उडान नं. ८५२ (जहाज) (एन-एएमडी) मा एक यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलिदिएका थिए। उनले अनधिकृत रूपमा ढोका खोलेपछि उडान ढिला भएको बुद्ध एयरले जनाएको छ।
गौतमलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ।
‘पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ। नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिनाकारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ बुद्ध एयरले सामाजिक सञ्जालमा लेखेको छ।


