काठमाडौं असोज प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेबारे छलफलमा जुटेकी छन्। उनले सम्बोधनका क्रममा उठाउनुपर्ने विषयवस्तुका बारेमा मन्त्रिपरिषद्का सदस्य र विज्ञहरूसँग अनौपचारिक छलफल गरेकी हुन्। स्रोतले भन्यो, पछिल्लो परिस्थिति र आगामी निर्वाचनका बारेमा प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिरहनुभएको छ। यद्यपि, सम्बोधनको मिति भने तय भएको छैन। स्रोतले भने बुधबार नै सम्बोधन हुनसक्ने दाबी गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी


