पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड संक्रमित
Spread the love

चैत २७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

दुई हजार ७४० वटा नमुना परीक्षण गर्दा चारजनामा मात्र संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५९२ पुगेको छ ।

आज २० हजार ८२८ जनाले कोभिड १९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।