प्रधानमन्त्री देउवाद्वारा लिपुलेक प्रकरणमा भारतलाई विरोध पत्र पठाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन

Spread the love

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रालयद्वारा भारतलाई विरोध पत्र पठाउन निर्देशन दिएका छन् । भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउने लागेको प्रति परराष्ट्रमन्त्री नारायण खड्कालाई भारतलाई विरोध पत्र पठाउन निर्देशन दिएका हुन ।

प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री खड्कालाई यस प्रकरणमा भारतलाई विरोध पत्र पठाउन निर्देशन दिएको स्रोतले बतायो । देउवाले सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की समेतलाई सरकारको आधिकारीक धारणा सार्वजनिक गर्न निर्देशन दिएको बताइएको छ ।

यसअघि यो प्रकरणमा काँग्रेस र सरकारलाई नबोलेको भन्दै आलोचना हुँदै आई रहेको थियो । आजै नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउने लागेको प्रति शुक्रबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा सडक विस्तार गर्ने काम तत्काल रोक्न भारत सरकारलाई आग्रह गरेका थिए ।

स्रोतका अनुसार विज्ञप्ति जारी गर्नुअघि महामन्त्रीद्वय विश्वप्रकाश र गगनहरुले प्रधानमन्त्री तथा पार्टी सभापति देउवासँग परामर्श गरेका थिए भने विज्ञप्ति सही भएको बताएपछि आज सार्वजनिक गरिएको हो ।

उनीहरुले विज्ञप्ति ड्राफ्ट भने दुई दिनअघि नै गरेका थिए । तर कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा देउवा परेपछि देउवासँग भेट पाएका थिएनन् । आज बिहान देउवालाई भेटेपछि उनीहरूले विज्ञप्ति सार्वजनिक गरेको एक नेताले बताए ।