सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो, कसरी दिने आवेदन ?

Spread the love

काठमाडौँ, कात्तिक ९ (ई-रैवार)

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खोलेको छ । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन आज देखी खोलेको हो ।

कोरोना महामारीको कारण देखाउँदै गत वैशाख १६ गतेदेखि बन्द गरेको सवारी चालक अनुमतिपत्रको आवेदन प्रणाली सोमबार रातिबाट खुलेको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए ।

विभागका प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको छ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् । सेवाग्राहीले यातायात व्यवस्था विभागको साइट  https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।