एमालेले बोलायो स्थायी कमिटी बैठक

Spread the love

काठमाडौँ, असोज ३ (ई-रैवार)

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको हो ।

एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा १५/१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुने बताए ।

स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ ।

आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम हुने कार्यालय सचिव तामाङले बताए । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।