एमाले खनाल-नेपाल समूहको बैठक सुरु : केन्द्रीय सदस्यको उपस्थिति बढ्दै

Spread the love

काठमाडौँ, साउन २२ (ई-रैवार) 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । बिहीबारबाट जारी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्टिमा सुरु भएको हो ।

खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्य संख्या बढेको दावी गरिएको छ । बैठकमा सहभागी एक नेताले बिहीबारको तुलनामा ७ जना केन्द्रीय सदस्य आजको बैठकमा थपिएको बताए ।

बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जनाको हस्ताक्षर रहेको छ भने स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे र भीम आचार्य आजको बैठकमा सहभागी भएका छन् । हिजो ७० जनाको सहभागिता रहेको बताइएको थियो ।

हिजो आचार्य स्थायी कमिटी बैठकमा सहभागी भएपनि केन्द्रीय कमिटीमा सहभागी भएका थिएनन् भने पाण्डे कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेको कारण देखाउँदै सहभागी भएका थिएनन् ।  आजको बैठकमा सहभागी हुने अन्यमा केन्द्रीय सदस्यको भूमिकामा रहेका नेताहरु रहेका छन् ।

क्वालिटी ब्यांक्टिमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहलाई आफ्नो धाराणा राख्नका लागि ३ मिनेटको समय निर्धारण गरिएको छ । बैठक आज समापन गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

बिहीबारको बैठकमा नेता नेपालले पार्टी एकताका लगि आफूहरुले हदैसम्म प्रयास गर्ने बताएका थिए । उनले सम्माजनक एकता हुनुपर्नेमा जोड दिएको नेताहरु बताउँछन् । आफ्नो समूहको रणनीति बनाउन खनाल–नेपाल समूहको बैठक क्वालिटी बैंक्वेट बुद्धनगरमा जारी छ ।