देउवासँगको छलफलपछि महन्थ- राजेन्द्रले बोलाए आफूनिकट सांसदको भेला

देउवासँगको छलफलपछि महन्थ- राजेन्द्रले बोलाए आफूनिकट सांसदको भेला
Spread the love

काठमाडौँ, वैशाख ३० (ई-रैवार)  

जनता समाजवादी पार्टीका महन्थ – राजेन्द्रले आफूनिकट सांसदहरूको भेला बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि बबरमहलस्थित पार्टी कार्यालयमा ठाकुरले सांसदहरूलाई बोलाएका हुन ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिने दिन बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीचको छलफल सकिए लगत्तै आफूनिकट सांसदहरूको भेला बोलाएका हुन ।

देउवालाई भेट्न ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका थिए। देउवासँग छलफल सकेर फर्किएका ठाकुर र महतो आफ्नो पक्षमा नेता र सांसदहरुसँग छलफलमा जुटेका छन् । देउवा र ठाकुर-महतो छलफलमा भएका कुराबारे दुवै पक्षले बताएका छैनन् ।