डोटी पुस २६(ई-रैवार)
पूर्वमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कम्यूनिष्ट सरकारले जनमतमा कालोमोसो पोतेको बताएका छन ।
शिखर नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल गहनानमा आयोजित खुल्ला पुर्ष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जनतालाई खोक्रा सपना बाँडेर स्थिर सरकारका लागि झण्डै दुईतिहाई बहुमत बटुलेका कम्युनिष्टहरूले बिचमै व्यवस्था नै अलपत्र पार्नेगरी गाईजात्रा गरे,’ उनले भने,’यो जनमतमाथि नै कालोमोसो दलेको उदाहरण हो ।’
कम्युनिष्ट देश र जनताको भविष्यका लागि एकजुट भएको नभई सत्तास्वार्थका लागि कांग्रेसविरूद्ध जुटेको बताए । उनले भने,’एक्लाएक्लै लड्दा कांग्रेससंग परास्त हुने डरले जुटेकाहरू आखिर कसरी मिल्नसक्थे । उनिहरूले आफ्नो असली चरित्र देखाए ।’
अहिलेको अवस्थामा संसद पुनर्स्थापना भएपना कांग्रेस सरकार सञ्चालन र सहयोग गर्ने अवस्थामा नरहेको बताए । ‘अब जसरीपनि चुनाव हुन्छ/हुनुपर्छ । यसबाट मात्रै यो व्यवस्था सुरक्षित हुन्छ,’ उनले भने । यद्यपी वर्तमान सरकारबाट चुनाव हुने आशा भने राख्न नसकिने उनले बताए ।
एमाले-माओवादी एकिकरण होईन कांग्रेसविरूद्ध जुटेका थिए: बलायर


