प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : वाग्मतीविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : वाग्मतीविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
Spread the love

दाङ, पुस १६ (ई-रैवार) 

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अहिले वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दै छन् । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ रोजेको हो । वाग्मतीले सुदूरपश्चिमविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।

देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमकी कप्तान विन्दु रावलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । हुस्सुका कारण निर्धारित समयमा सुरु हुन नसक्दा खेल ११-११ ओभरमा झारिएको छ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २-२ अंक छ ।

समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई खेल खेल्दै ४ अंक जोडेको छ ।

आजको खेलमा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच जित निकाल्ने टोलीले ४ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाउने छ । प्रतियोगितामा दुवै टोली उपाधि दाबेदारका रुपमा छन् ।

पहिलो खेलको नतिजा निकै महत्त्वपूर्ण छ । दुवै टोली अन्तिम खेलमा जितका साथ सेमिफाइनलमा स्थान बनाउन चाहन्छन् । बागमती पहिलो खेलमा प्रदेश १ सँग ४६ रनले पराजित भएको थियो । दोस्रो खेलमा गण्डकीलाई ६५ रनले हराउँदै अघिल्लो चरणको सम्भावना जीवितै राखेको छ ।

यता सुदूरपश्चिम पहिलो खेलमा गण्डकीलाई ५९ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश १ सँग ५ विकेटले पराजित हुन पर्यो । सुदूरपश्चिम दोस्रो खेलमा प्रदेश १ सँग पराजित भएपनि कडा चुनौती दिएको थियो । सुदूरपश्चिमले आज टोलीमा एक परिवर्तन गरेको छ । सम्झना खड्को ठाउँमा सुनिता लुहरलाई मौका दिएको छ । बागमतीले २ परिवर्तन् गरेको छ । रविना बिशुन्खे र अस्मिता खरेललाई बेन्चमा राखेको छ ।

सुदूरपश्चिमको प्लेइङ ११ ः विन्दु रावल (कप्तान), रुवि पोद्दर, ऋतु कनौजिया, मन्जु बोगटी, (विकेटपिकपर), डली भट्ट, लक्ष्मी साउँद, कविता कुवँर, सुनिता लुहर कविता जोशी, रेवती धामी, दीपा जोरा ।

बागमतीको प्लेइङ ११ ः अस्मिता खरेल, (कप्तान), सुमन खतिवडा, आरती बिडारी, कन्चन श्रेष्ठ, हेरिसा गुरुङ, सुजिता थापा, निशा तामाङ, खुसी डंगोल, एनिसा मजाकोटी, क्यानुका बस्नेत, विन्दा कटवाल ।