आइपिएल : दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको लक्ष्य

आइपिएल : दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको लक्ष्य
Spread the love

एजेन्सी, कार्तिक ४ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । दिल्लीका ओपनर शिखर धवनले शतकीय इनिङ खेले । धवन ६१ बलमा १२ चौका र ३ छक्का सहित १ सय ६ रनमा अविजित रहे । यो धवनको आइपिएलमा लगातार दोस्रो शतक हो ।

यसअघि धवनले चेन्नई सुपर किंग्सविरुद्ध १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । आइपिएल इतिहासमा लगातार दुई खेलमा शतक प्रहार गर्ने धवन पहिलो खेलाडी बनेका छन् । त्यस्तै धवनले आइपिएलमा आफ्नो ५ हजार रन पनि पूरा गरेका छन् ।

यो धवनको टि२० करिअरको दोस्रो शतक हो । धवनको टि २० करिअरको उत्कृष्ट इनिङ पर्दछ । धवनले शतकीय इनिङ खेल्दा अर्कोतर्फबाट दिल्लीका अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् ।

दिल्लीले पहिलो विकेट चौथो ओभरको दोस्रो बलमा गुमाएको थियो । जेम्श निशमको बलमा खराब सट खेल्दै पृथ्वी शा ग्लेन म्याक्सवेलबाट ७ रनमा क्याच आउट गराए । स्पिनर मुरुगन आश्विनको नवौं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर कप्तान लोकेश राहुलबाट १४ रनमा समातिन पुगे । ऐरले १२ बलमा १ छक्का प्रहार गरे ।

ग्लेन म्याक्सवेलको १४ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका विकेटकिपर ऋषभ पन्त लङअनमा मयंक अग्रवालबाट १४ रनमा क्याच आउट भए । पन्तले २० बलमा १ चौका प्रहार गरे । मोहम्मद शामीले १८ औं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिस अग्रवालबाट ९ रनमा क्याच आउट भए । अन्तिम बलमा शामीले शिम्रन हेटमायरलाई १० रनमा बोल्ड आउट गरे ।

न्जाबका मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मुरुगन आश्विनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । जेम्श निशमको नाममा १ विकेट रह्यो ।