सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि
Spread the love

धनगढी, असोज २२ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय १३ जनाको नमुना परीक्षण हुदा कैलाली र कञ्चनपुरका  २४ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आज धनगढी उप–महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका १ जना गरी कैलालीका १९ र कञ्चनपुरका ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ३ र ९ का २–२ जना, वडा नम्बर २ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ ।

यस्तै गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिका वडा नम्बर २ का १ जनामा कोरोना संक्रमण देखिएको छ भने कञ्चनपुरको वेदकोट नगरपालिकाका ४ जना र महाकाली नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन ।