सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी,भदौ २८ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि हो।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको जानकारी अनुसार सेती प्रादेशीक अस्पतालका  ७३ जना, डोटी प्रयोगशालामा दुइ जना र डडेलधुरा प्रयोगशालामा एक जनामा कोरोना पुष्टी गरि आज ७६ जनामा कोराना पुष्टी भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा  २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टी भएको हो । कैलालीका ६९,कञ्चनपुरका ३, डडेलधुराका एक जनामा  कोरोना पुष्टी भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

प्रादेशीक अस्पतालका सुचना अधिकारीश्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको छ ।  संक्रमण पुष्टी हुनेमा ५० पुरुष,२३ महिला रहेका छन् ।

संक्रमण पुष्टी हुनेमा  धनगढीका ठेगाना नखुलेका ३१ जना, वडा नम्बर- १ का १८ जना, वडा नम्बर – २, ४ जना  र वडा नम्बर  ८ का ४ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर ५, ७ , १२ का एक-एक जना गरी ६९ जनामा कोरोना संक्रमण भेटिएको हो ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ का २ जना, कञ्चनपुरकै बेलौली नगरपालिका–२ का एक जना, कैलालीको गोदावरी नगरपालिका – ५ का एक जना र डडेल्धुराको परशुरम नगरपालिकाका एक जनामा कोरोना संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएको छ । १ सय ९६ जनाको कोरोना परीक्षण भएकोमा थप १ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार सक्रमित डडेल्धुराको अमरगढी नगरपालिकाका हुन् ।  वडा नम्वर ५ का १ जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए ।

त्यस्तै  जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको छ ।  ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठ अनुसार  अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमीतको संख्या ६ हजार ५ सय १० पुगेको छ । हाल सम्म १४ जना संक्रमीतको मृत्यु भइसकेको छ ।