भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८० जनामा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८० जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

काठमाडौँ,  असोज २८ (ई-रैवार)

भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख १९ हजार ६८० पुगेको हो।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख १३ हजार ११४ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २४९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार ४६९ पुगेको छ ।