काठमाडौं कात्तिक। प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले पत्रकारमाथि कुनै पनि धरपकड नगर्न र नियन्त्रणमा रहेकाहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ।पत्रकार पक्राउ परेको घटनाप्रति सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको पनि स्पष्ट पारेको छ।


