News

बडा दसैको आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै

काठमाडौं,असोज । आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइँदैछ । दशैँ मनाउन […]

पत्रकार आचारसंहिता उल्लंघन बढ्दो

काठमाडौं,  असोज ।पछिल्लो समयमा सबैभन्दा बढी अनलाइन सञ्चारमाध्यमले पत्रकार आचारसंहिता उल्लंघन गरेको देखिएको छ । पछिल्लो समय अनलाइन र युट्युबका सामग्रीप्रति जनगुनासो बढ्दै गएपछि काउन्सिलले मुलुकभरका सञ्चारमाध्यमको नियमन गर्दै आएको छ । त्यस्ता माध्यमबाट आएका सामग्रीबारे काउन्सिलमा उजुरी बढ्दो छ । चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ३ महिना ९साउन, भदौ र असोज० मा काउन्सिलमा […]

१० हजार मेट्रिकटन युरिया मल उत्तरी नाकामा रोकियो

काठमाडौं, असोज । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट ल्याउन लागिएको युरिया मल नाका अवरोधका कारण रोकिएको हो । सिल्क मार्केट नामक नेपाली कम्पनीले १० हजार मेटन […]

कोरोनाका कारण बन्द रहेको बेलहिया नाका आजदेखि सूचारु

भैरहवा, असोज । बिगत १८ महिनादेखी बन्द रहेको बेलहिया नाका आजदेखी सुचारु भएको छ । कोभिड–१९ को कारण २०७६ चैत्र १० गते देखी नेपाल–भारत सीमा बन्द रहेको थियो । बिचमा सरकारले नाका सुचारु हुने संकते गरे पनि कोभिड दोश्रो चरण देखिए पछि सुचारु हुन सकेको थिएन् । १८ महिनादेखी लगातार बन्द भएको नेपाल–भारत नाका असोज […]

डिभी लोटरी २०२३ भर्ने मिति घोषणा ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि दर्ता मिति घोषणा गरेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । नेपाली समय अनुशार आगामी बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । एउटाभन्दा धेरै आवेदन दिनेहरु […]

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल बढ्यो

गण्डकी,  असोज ।कोरोना कहरका कारण झन्डै ६ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुलेपछि चहलपहल बढ्दै गएको छ । यही असोज १० गतेदेखि मन्दिर खुला गरिएको थियो । विशेषगरी प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा यहाँस्थित कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास गरिन्छ । यस समयमा प्रत्येक […]